विमल बिष्ट, डोटी ।
डोटीका स्थानियहरुले ८० रुपिया बिद्युत महसुल तिर्न २ हजार बढी रकम खर्च गर्नु परेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा बिद्युत महसुल तिर्ने काउण्टर नभएका कारण स्थानियहरुले न्युनतम रकम तिर्नका लागि घण्टौ हिडेर जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नु पर्ने बाध्यता रहको शिखर नगरपालिका १ कपल्लेकीका स्थानिय दीर्घबहादुर ऐरले बाउनु भयो ।
उहाँले भन्नु भयो ‘गाउमा तिन तिन महिनामा बिद्युतको मिटर रिडिङ हुन्छ,८० देखी १ सय मात्रै बिल आउछ,त्यो बिल तिर्न घण्टौ हिडेर दिपायल जानु पर्छ त्यहाँ जादा सम्म २ हजार बढी रकम खर्च हुन्छ ।’
जिल्लाका ग्रामिण क्षेत्रहरु कपल्लेकी,मुडभारा,सानागाउ,गोपघाट लागयतका क्षेत्रमा बिगतमा बिद्युत महसुल बुझाउने काउण्टर खोलिएका भएपनि बिद्युत कार्यालयले कमचारी अभाब भएको भन्दै सबै काउण्टर दिपायल र सिलगढी सारेपछि स्थानियलाई समस्या भएको हो ।
दिपाल स्थित बिद्युत सबस्टेसन प्रमुख भरत द्धारीयाले कर्मचारी अभाब भएकाले गाउमा भएका काउण्टर दिपायल तथा सिलगढी सानु परेको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘कर्मचारीको अभाब भयो काउण्टर सार्नुप¥यो,क्षेत्रीय अफिस अत्तरीयाले नयाँ कर्मचारी राख्न आदेश दिएको छैन,ग्राहकलाई समस्या भएको छ ।’
यहाँका ग्रामीण क्षेत्रमा बिद्युत महसुल बुझाउने काउण्टर बिस्थापित गरिएपछि नागरिकलाई महशूल बुझाउनका लागि निकै झण्झट हुने गरेको शिखर नगरपालिका १ का वडाअध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो ।
उहाँले भन्नु भयो ‘बिद्युत महसुल बुझाउनका लागि नागरीकलाई समस्या भएकाले हामीले पुःन काउण्टर राख्न पहल गरीरहेका छौ।सम्भवत चाडै कुरो मिल्ला की ? ।’











प्रतिक्रिया