सरकारले ३ मुलुकका राजदूतलाई फिर्ता बोलायो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सरकारले विभिन्न मुलुकका ३ जना राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्री परिषद्को गत सोमबारको बैठकले बंगलादेश, दक्षिण कोरिया र स्पेनका राजदूतलाई फिर्ता बोलाएको हो ।
ती मुलुकमा क्रमशः डा. चोपलाल भुसाल, अर्जुन जंगबहादुर सिंह र भरतबहादुर रायमाझी राजदुत हुनुहुन्छ । भुसाल र सिंह नेपाली कांग्रेस तथा रायमाझी राप्रपाको तर्फबाट राजदूत नियुक्त हुनु भएको थियो ।

उहाँहरुलाई तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वको सरकारले राजदूत नियुक्त गरेको थियो । देउवाकै कार्यकालमा काँग्रेसका तर्फबाट राजदूत नियुक्त भएका अन्य राजदूतलाई भने तत्काललाई फिर्ता नबोलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय स्रोतले जनाएको छ ।

यस अघि सरकारले इजरायलका राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर डा. अञ्जान शाक्यलाई राजदूत सिफारिस गरिसकेको छ । थापा पनि देउवा कार्यकालमा राप्रपाका तर्फबाट राजदूत नियुक्त हुनु भएको थियो । तत्कालीन माओवादी कोटामा अस्टे«लियाका लागि राजदूत नियुक्त लक्की शेर्पा मानव वेचविखनको विवादमा तानिएपछि परराष्ट्र मन्त्रालयको छानबिन टोलीले अनुसन्धान गरिरहेको छ ।
A
तर उहाँलाई सोही जिम्मेवारीमा निरन्तरता दिने÷नदिनेबारेमा मन्त्रालयले धारणा सार्वजनिक गरेको छैन ।