चिसोबाट जोगाउन भेडा बेसीतिर झारियो

0
Shares

धनवीर दाहाल, रुकुम
रुकुमका बिभिन्न लेकहरुमा हिमपातका कारण अत्यधिक चिसो बढ्न थालेपछि चरनको लागी लिइएका भेडाहरु बेसीतिर झार्न थालिएको छ । अत्यधिक चिसोका कारण भेडालाई माघ को अन्तिम सम्मका लागी बेसीतिर झारिएको स्थानीयले बताएका छन् ।

रुकुम पुर्वका पुथाउत्तरगंगा गाँउपालिका, भुमे गाँउपालिका तथा रुकुम पश्चिमका आठबिसकोट नगरपालिका अन्र्तगत स्यालाखदी, गोतामकोट लगाएतका बिभिन्न लेकहरुमा पालिने भेडाहरु हरेक बर्ष चिसो समयमा दुई महिना बेसीतिर झार्ने गरिन्छ । लेकतिर हिमपात हुन थालेपछि बेशीमा झारिएको भेडा पालन व्यवसायीहरुले बताएका छन् ।