दाङकाे सगरमाथा सिमेण्ट उद्योग भवनमा आगलागी

0
Shares

घोराही ।
दाङको घोराही उपमहानगरपालिका- ३ गोग्लीस्थित सगरमाथा सिमेन्ट प्रालिमा आगलागी भएको छ । उक्त उद्योगको नयाँ निर्माणाधीन सीएसपी भवनको ३५ मिटर माथी बिजुलीको तारसट भई आगलागी भएको हो ।

बिहीबार विहान आगलागी भए लगत्तै प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरको कमाण्डमा १५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियाे ।

प्रहरीका साथै स्थानीय र दमकलको सहयोगमा अहिले आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

उक्त भवन बनाउन प्रयोग हुने पलाई ५ वटा, वल्डिङ मेसिन ५ वटा, अन्य ग्रिल मेसिन र ३ वटा ग्याँस सिलिन्डर जलेर नोक्सानी भएको उद्योगका जनसम्पर्क अधिकृत अमर सुेवदीले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएकाे छैन ।