नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानन्यायाधीश ओमप्रकास मिश्रले आजबाट पेसी नतोक्ने हुनुभएको छ । उमेर हदका कारण प्रधानन्यायाधीश मिश्र यही पुस १७ देखि सेवानिवृत्त हुन लाग्नु भएको हो ।
मिश्रले अन्य न्यायाधीशका लागि मुद्दाको पेसी तोक्ने र प्रशासनिक काम भने गर्नु हुने छ ।
आज बिहीबारबाटै उहाँले कुनै मुद्दामा सुनुवाइ नगर्ने सर्वोच्च स्रोतले जनाएको छ ।
मिश्रले मुद्दा नहेर्ने भएपछि शुक्रबार संवैधानिक इजलासका रिटमाथिको सुनुवाइसमेत रोकिने भएको छ। उक्त इजलास प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुन्छ। प्राविधिक कारण दर्शाउँदै बुधबार पनि संवैधानिक इजलासमा सुनुवाइ भएन।











प्रतिक्रिया