सुप विश्वविद्यालय नियुक्ति प्रकरणः दोहारो प्राध्यापनको विवाद

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको नियुक्ति प्रक्रिया खारेज भए संगै अर्को विवाद चुलिएको छ । विश्वविद्यालयमा स्थायी जागीर तथा प्राध्यापक भएका तर विश्वविद्यालय बाहिर पनि निजी विद्यालय सञ्चालन, सेयर लगानी र शिक्षण गर्ने प्राध्यापकहरुलाई नियममा ल्याइनुपर्ने बाध्यता देखिएको छ । प्रिन्सिपल डा. भ्ुपेन्द्र बिष्टको प्रमुख अडानका रुपमा रहेको दोहोरो प्राध्यापनलाई अन्य गरिनु पर्ने सुझाव अनुसार उक्त बाध्यता देखिएको हो ।

विश्वविद्यालयमा स्थायी शिक्षक तथा कर्मचारीले विश्वविद्यालय भन्दा बाहिर अनुमति बिना पढाउन तथा सेयर लगानि गर्न पाउदैनन् । अवैध तरिका बाट नियुक्त गरिएका २८ जना शिक्षक तथा कर्मचारी खारेज गरेको घोषणा संगै प्रिन्सिपल बिष्टको प्रमुख अडानका रुपमा रहेको थियो, दोहोरो प्राध्यापनको अन्त्य । पहिले भएका विभिन्न गतिबिधिहरुलाई भुल्दै नयाँ ढङ्गले, नयाँ कार्यविधि बनाएर अगाडि बढ्नु पर्ने बिष्टले बताए संगै दोहोरो प्राध्यापनको कुरा मुल मुद्धा बनेको छ ।

को–को प्राध्यापक कहाँ–कहाँ शिक्षण गर्नुहुन्छ ? के–के पदमा हुनुहुन्छ ? कुन–कुन संस्थाहरुमा सेयर लगानी गरेका छन् ?

आफुले पनि पहिलेका गतिविधिहरुलाई भुलेर नयाँ व्यवस्था र कार्यबिधिका साथ अघि बढ्नु पर्ने प्रिन्सिपल बिष्टको मान्यता छ । वुधवार देखि अवैधानिक भनिएका नियुक्तिको खारेजी पश्चात विश्वविद्यालमा नयाँ बिषयले चर्चा पाएको छ । को–को प्राध्यापकहरु कहाँ–कहाँ शिक्षण गर्नुहुन्छ ? के–के पदमा हुनुहुन्छ ? कुन–कुन संस्थाहरुमा सेयर लगानी गरेका छन् ? सबै चर्चाका बिषय बनेका छन् । वुधवारमात्रै केहि प्राध्यापकहरुको नामावली सहितको नालिबेली खुलेपनि अपि टुडे राष्ट्रिय दैनिकले शुक्रवार(भोली) खोल्ने तयारि गरेको छ ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा रहेका ९० प्रतिशत प्राध्यापकहरुले अनुमति बेगर विश्वविद्यालय बाहिर शिक्षण गर्ने गरेका छन् । सेयर लगानी गर्नेहरु १० प्रतिशत रहेको स्रोतले बताएको छ । विभाग प्रमुखहरु बाहेक लगभग अन्य सबैले बाहिर शिक्षण, सेयर लगानी र निजी विद्यालयहरु सञ्चालन गरेर बस्ने गरेका छन् ।

विश्वविद्यालय भित्र क–कसका कति नातागोता रहेका छन भन्ने कुराले पनि प्राथमिकता पाएको छ । नातागोता संगै अर्को प्रमुख समस्याका रुपमा देखिएको छ, अध्ययन बिदामा बसेर महेन्द्रनगर भित्रै निजी विद्यालय तथा संघ सस्था चलाउने समस्या । यी सबै कुराहरु समेटेर भोलीको अपि टुडे राष्ट्रिय दैनिकको अंकमा समाचार प्रकाशित गरिने छ ।