चिसो अझै बढ्छः मौसमविद्

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।

अधिकांश हिमाली र उच्च पहाडी भेगको तापक्रम माइनस १० का हाराहारीमा भएको महाशाखाका अधिकारीहरूको अनुमान छ।

मौसममा आएको परिवर्तनसँगै केही दिनयता हवाई भिजिविलिटी घटेकाले आन्तरिक उडान पनि प्रभावित बन्न थालेको छ।


भारतको जम्मुकास्मिर हुँदै भित्रिएको उत्तरपश्चिमी वायु हिमालय शृंखलालाई छोएर बहँदा मुलुकका अधिकांश भेगको तापक्रम निकै खस्किएको छ। यही कारणले चिसो अझै बढ्ने मौसमविद्हरूको ठहर छ।

मंगलबार २ दशमलव ६ डिग्री रहेको काठमाडौं उपत्यकाको तापक्रम बुधबार १ दशमलव ५ डिग्रीमा झरेको छ। मध्य हिउँद अझै बाँकी रहेकाले तापक्रम अझै खस्किने मौसमविद् वरुण पौडेलले बताउनुभयो। अहिलेको मौसमी अवस्थालाई नियाल्दा काठमाडौंको तापक्रम शून्यका हाराहारी झर्न सक्छ, अझै डेढ÷दुई साता तापक्रममा खासै सुधार आउँदैन।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

गत वर्ष हिउँदयाम ९जनवरी १४ तारिख०मा काठमाडौं उपत्यकाको सबैभन्दा न्यून तापक्रम शून्य दशमलव ४ डिग्री मापन भएको थियो। बुधबार मुलुकका अन्य भेगको तापक्रम पनि निकै घटेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ८, जिरीको माइनस ३ दशमलव ३ र जोमसोमको माइनस ३ दशमलव २ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसै गरी डडेलधुराको शून्य दशमलव ७, दिपायलको १ दशमलव ८, लुम्लेको २, वीरेन्द्रनगरको २ दशमलव ८, ताप्लेजुङको ३ दशमलव ५, नेपालगन्जको ३ दशमलव ८ र धनगढीको ४ दशमलव ५ डिग्री सेल्सियस रहेको महाशाखाको तथ्यांक छ।

अधिकांश हिमाली र उच्च पहाडी भेगको तापक्रम माइनस १० का हाराहारीमा भएको महाशाखाका अधिकारीहरूको अनुमान छ। उच्च भेगमा मौसम मापन स्टेसन पर्याप्त नभएको र भएका पनि नियमित सुचारु नहुँदा यथार्थ मौसमी तथ्यांक अद्यावधिक गर्न व्यावहारिक कठिनाइ रहेको महाशाखाका एक अधिकारीले बताए।

मौसममा आएको परिवर्तनसँगै केही दिनयता हवाई भिजिविलिटी घटेकाले आन्तरिक उडान पनि प्रभावित बन्न थालेको छ। बिहान ८ बजेभन्दा अघिको मौसम पूर्णरूपमा नखुल्दा हवाई सेवा प्रभावित बन्ने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्रिफिङ शाखाले जनाएको छ।

बिहानका लागि तय भएका उडान मौसमी प्रभावले नियमित बन्न नसक्दा उडान समय तालिकाभन्दा पछि धकेलिने गरेको र केही ठाउँको रद्धसमेत हुन थालेको सो शाखाले जनाएको छ। मौसमकै कारणले बुधबार लुक्ला, पोखरा, भरतपुरका केही उडान रद्ध भएका छन्।