फरार प्रतिवादी पक्राउ

0
Shares

नेपाल समाचारपत्र, सिमरा ।

फरार रहेका जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.८ बस्ने जयनरायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत बाराले उनलाई दुई वर्ष अगाडी चोरी मुद्दामा दोषि ठहर गर्दै १९,८०० जरिवाना सहित १ महिना १५ दिनको कैदको आदेश दिएको थियो ।

पक्राउ गरी उनलाई कैद भुक्तानको लागी कारागार कार्यालय बिरगंज पठाईएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।