विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण

0
Shares

नेपाल समाचारपत्र, पोखरा ।
बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा न्यूरोड र ईनरह्वील क्लब पोखरा न्यूरोडले भिमाद नगरपालीका वडा नं २ टेव्रmे भञ्याङ स्थित श्री वाल बिकास माध्यामिक बिद्यालयमा स्वीटर र शैक्षिक समाग्री बितरण गरेको छ ।

बुधवार बिद्यालय प्राङगणमा आयोजित एक समारोहमा बाबा फउण्डेशन नेपाल सचिव टंकराज अधिकारी रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेल ईनरह्वील क्लब पोखरा न्यूरोडका अध्यक्ष लक्ष्मी अधिकारी लगायतले बिद्यालयमा अध्ययनरत १७५ जना छात्रछात्रालाई संयुक्त रुपमा खेलकुद सामाग्री, कपी कलम र स्वीटर बितरण गरेका छन ।

कार्यक्रममा बिद्यालयको माग अनुसार शिशुकक्षा देखि ९ कक्षासम्म अध्ययनरत बिधार्थीलाई कपि कलम र बिभिन्न कक्षामा अध्ययनरत ४६ जना बिधार्थीलाई स्वीटर वितरण गरिएको बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले जानकारी दिए ।

बितरण समारोहमा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेलले मानविय सेवाका कार्य अन्र्तगत दुर दराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा सञ्चालित सामुदायिक बिधालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई न्यानो कपडा शैक्षिक समाग्री बितरण गरि समाजको चेतनाको स्तरलाई उकास्न बिद्यालयमा शैक्षिक समाग्रीहरु बितरण गरिएको बताए ।

हाम्रो सानो प्रयासले बालबालिकाको उज्यालो भविश्य कोर्न एउटा सहजताको माध्यम बन्न पाउने सौभाग्यलाई सदुपयोग गरि बिधार्थीलाई स्विटर र कपि कलम र खेलकुद सामाग्री वितरण गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बचनबद्धता ब्यक्त गरेका थिए ।
बाबा फाउण्डेशन सचिव अधिकारीले फाउण्डेशनले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको जानकारी गराए ।

बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिवि र बिपन्नताका कारण चिसो मौसममा न्यानो कपडाको अभाव सँगसगै कपि कलमको समस्याले बिधार्थीहरु बिधालय आउनमा समस्या रहेको बिधालय प्रशासनबाट प्राप्त सुचना अनुसार न्यानो कपडा र शैक्षिक समाग्री बितरण गरिएको बताए ।

बिद्यालयका प्र अ राम्जी सिग्देलले बिधालयको गतिबिधि बारे प्रकाश पार्दै बिपन्न र गरिवीको समस्याले जाडोमा कठ्याग्रिंदै पढ्न आउनुपर्नै बाध्यतामा रहेका बिधार्थीलाई स्वीटर र शैक्षिक समाग्री बितरणले पढाईलाई निरन्तरता दिनमा थप हौसला प्रदान भएको बताउदै सहयोगि संस्थालाई धन्यवाद ब्यक्त गरे ।

बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई कपी कलम र स्वीटर बितरण गरेर समग्र समाज प्रति अतुनिय कार्य गरेको बताउदैे निरन्तरताको लागि आग्रह गरेका थिए ।

रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष पुष्पकमल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, रोटरी क्लब अफ पोखरा न्यूरोडका सचिव रामबिक्रम अधिकारी, ईनरह्वील क्लब पोखरा न्यूरोडका अध्यक्ष लक्ष्मी अधिकारी पुर्व अध्यक्ष गंगा कुमारी पौडेल बिधालय बाल क्लबका अध्यक्ष साधना थापा लगाएतले शिक्षाको महत्व बारेमा आ–आफ्नो भनाई राखेका थिए ।