ट्रकको ठक्करबाट महिलाको मृत्यु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको वीरगन्ज पोखरीया सडकखण्डमा बुधबार ट्रकले ईरिक्सालाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा चारजना घाइते भएका छन्। ट्रकको ठक्करबाट इरिक्सामा सवार पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ रानीगन्जकी १८ वर्षीया सविना खातुनको घटनास्थलमै मृत्यु भएको हो ।

वीरगन्ज पोखरीया सडकखण्ड अन्र्तगत पर्साको विन्दबासिनी गाउँपालिका २ बहुअर्वा भाठामा बुधबार बिहान वीरगन्जबाट पोखरियातर्फ गइरहेको ना २ ह ३४६३ नम्बरको इरिक्सालाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७२८२ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

ट्रकको ठक्करबाट रिक्सामा सवार पर्साकै पटेर्वा सुगौली गाउँपालिका ६ निवासी झपसी दुसादसहित चारजना घाइते भएका छन्। घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ। दुर्घटना लगत्तै मृतकका आफन्त र गाउँलेले चालकलाई कारबाही र मृतकक परिवारलाई क्षतिपूर्तिको माग गर्दै बुहअर्वाभाठामा सडकमै शव राखेर प्रदर्शन समेत गरेका थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराइले चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने आश्वासन दिएपछि अवरुद्ध सडक खुलेको थियो ।