निर्मला पन्तको हत्याका दोषी पत्ता लाग्न अझै केही समय लाग्छ: आईजीपी खनाल

0
Shares

यमलाल भुसाल, बुटवल ।
नेपाल प्रहरीका प्रमुख आईजीपी सर्वेन्द्र खनालले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता लाग्न अझै केही समय लाग्ने बताउनु भयो ।

आईजीपी खनालले चारवटा विज्ञ टोलीले उक्त घटनाको अनुसन्धान जारी राखेकाले दोषी पत्ता लाग्न अझै केही समय लाग्ने बताउनु भयो ।

मुलुक भरीका लैंगिक हिंसालगायत आपराधिक घटनामध्ये ९७.५ प्रतिशत घटनामा प्रहरी सफल भएपनि निर्मला पन्तलगायत थोरै घटनामा मात्र सफलता नमिलेकाले प्रहरीमाथि अविश्वास बढेको उहाँको कथन थियो ।

बुटवलको दीप बोर्डिङ स्कूलमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रममा बुधवार बोल्दै आईजीपी खनालले समुदायले प्रहरीमाथि विश्वास गर्नुपर्ने आग्रह गर्दै प्रहरी समुदायसँग हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहेको बताउनु भयो ।

प्रहरीप्रति अविश्वास कायम रहे अनुसन्धानमा सफलता मिल्न झन् ढिलाई हुने उहाँकोे भनाइ रहेको छ ।

यहाँले प्रहरी विप्लव नेतृत्वको नेकपालगायत अन्य विद्रोही शक्तिलाई नियन्त्रण गर्न सक्षम रहेको दावी गदै नेपाल कम्युनिष्ट पार्टीबाट कुनै सुरक्षा चुनौति नभएको स्पष्ट पार्नु भयो ।

आईजीपी खनालले थुप्रै विद्यार्थीहरु लागु औषध प्रयोगकर्ता रहेको औंल्याउँदै ती सबै विद्यार्थीको घर ।

घर पुगेर रोक्ने काम गर्न प्रहरीले नसक्ने हुँदा परिवार र समुदायले रोक्नुपर्ने आग्रह पनि गर्नु भयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले निर्मला पन्त हत्याको घटनामा प्रहरीकोे भूमिकाले गर्दा प्रहरीमाथि विश्वास गर्न कठीन भइरहेको बताएका थिए ।

उनीहरुले निर्मला पन्तका बलात्कारी र हत्यारालाई पत्ता लगाएर कारबाही नगर्दासम्म प्रहरीमाथिको अविश्वास कायमै रहने धारणा समेत राखेका छन ।