संसदीय समितिको बैठकमा पहिलोपटक पुगे प्रचण्ड

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक संसदीय समितिको बैठकमा सहभागी हुनुभएको छ ।

कर्मचारी समायोजन अध्यादेशको विषयमा छलफल गर्न बुधबार आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँ सहभागि हुनुभएको हो । बैठकमा उहाँले आफू पहिलो पटक समिति बैठकमा आएको र अब नियमित आउने बताउनुभयो ।

‘राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पहिलो चोटी आज मात्रै सहभागी हुने अवसर पाएँ, आउन चाहँदा चाहँदै अन्य कामको चापले आउन सकेको थिइनँ’ उनले भने ‘संयोगचाहिँ अधिवेशन सुरु हुदैछ । पार्टीमा सल्लाह गर्दा यो समयदेखि समिति बैठकमा सकेसम्म नियमित उपस्थित हुने भनेर म आएको छु ।’

उहाँले कर्मचारी समायोजनको विषय नयाँ संविधान जारी भएपछिको सबैभन्दा संवेदनशील विषय भएको बताउनुभयो ।
प्रदेश र स्थानीय तहमा कर्मचारी पुगेन भन्ने गुनासो धेरै आएको भन्दै प्रचण्डले संघीयताको मान्यता अनुसार प्रदेश र स्थानीय तहमा महत्वका साथ कर्मचारी समायोजन गर्नुपर्ने जानकारी दिनुभयो ।