नेकपाको स्थायी कमिटीमा उठेका प्रश्नको जवाफ दिने क्रम जारी

0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आज अध्यक्षद्वयले जवाफ दिनेक्रम सुरु भएको छ ।

स्थायी कमिटी बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिंदै हुनुहुन्छ । दाहाल पछि अर्का अध्यक्ष केपीशर्मा ओलीले जवाफ दिनुहुनेछ । मंसिर २९ देखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि मिश्रति प्रतिक्रिया प्राप्त भएको नेकपाले बताएको छ । राजनीतिक प्रतिवेदनको विशेषतः पूर्व एमालेभित्र माधव नेपाल पक्षधर नेताहरुले आलोचना गरेका छन् । त्यस्तै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेता पनि प्रतिवेदन पुनर्लेखनको पक्षमा छन् । पूर्व एमालेभित्रको केपी ओली पक्षका नेताहरुले प्रतिवेदनका साथै सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन् ।

त्यस्तै पूर्वमाओवादीभित्र दाहाल र रामबहादुर थापानिकट नेताहरुले पनि राजनीतिक प्रतिवेदनमा सुधार र सरकारको कामबारे प्रश्न उठाए पनि उनीहरु नेतृत्वको बचाउमा उभिएका छन् ।