अवैध लागूऔषध सहित पक्राउ

0
Shares

काठमाडौं, काठमाडौं कपन सरस्वती नगरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८.७५ ग्राम, विभिन्न किसिमका मोवाईल ३ थान, लागूऔषधमा प्रयोग गर्ने मेशिन १ थान र नगद २५ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर मंगलबजार बस्ने ईलाम रुवाङ गाउँपालिका-६ घर भएका २६ वर्षीया अन्जु प्रधान र काठमाडौं नागर्जुन बस्ने रौतहट चन्द्रपुर नगरपालिका–६ घर भएका ३१ वर्षीय चेतराज शिवकोटी रहेका छन् ।

उक्त स्थानमा लागूऔषध वेचविखन भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुको शरीर खानतलासी गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।