ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गयो

0
Shares

रामचन्द्र वि.क., रामेछाप ।
जिल्लाको रामेछाप नगरपालिका–२ देउरालीमा टयाक्टर दुर्घटना हुँदा एक बालको ज्यान गएको छ ।

मन्थलीबाट बालुवा बोकेर देउराली जाँदै गरेको ना ४ च १६३ नम्बरको टयाक्टर दुर्घटना हुँदा १३ बर्षिय सबिन महतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ट्याक्टरमा सवार महत रामेछाप नगरपालिका–२ देउरालकै भएको प्रहरी नीरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।

बालुवा बोकेको ट्याक्टर मोडमा मोडने क्रममा ट्रली सकडकबाट झरेको र बालक ट्रलीमै बसेकाले उनको ज्यान गएको थापाले जानकारी दिए । मंगलबार राती ९ बजे दुर्घटना भएको भए पनि प्रहरीले जानकारी भने बुधबार विहान मात्रै थाहा पाएको थियो ।

महोतरी घर भएका ट्याक्टर चालक चन्द्र बहादुर वि.क. लाई सेलेघाट प्रहरीले नियन्त्राणमा लिइ सकेको र घट्नाको विषमा थप अनुसन्धन भइरहेको पनि प्रहरी नीरिक्षक थापाले जानकारी दिए ।