नेपाल आइडल–२ का विजेता रवि ओडलाई मातृ शोक



काठमाडौं ।
दोस्रो नेपाल आइडल रवि ओडकी आमा विष्नादेवी ओडको ४५ वर्षको उमेरमा मृत्यु भएको छ। विष्णा मंगलबार राति ९ बजे करेन्ट लागेर घाइते भएकी थिइन । विष्णालाइ बुधबार विहान सेती अञ्चल अस्पताल पुर्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको हो ।

अहिले उनको शवलाई अञ्चल अस्पतालमै राखिएको छ। विष्णा रविकी कान्छी अामा हुन् ।

जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित उनका भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्।

रवि पुस ६ गते नेपाल आईडल– २ का विजेता बनेका हुन् । उनी मंगलबार मात्रै गृहजिल्ला पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्