हिमस्टारको नयाँ हलोजन हिटर बजार

0
Shares

काठमाडौं, (नेस)
विगत ३० वर्षदेखि नेपाली ग्राहकको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटर सार्वजनिक गरेको छ।

जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडल सार्वजनिक गरेको छ। ४ सय, ८ सय, १२ सय वाटका रहेका उक्त हिटर सबै पोर्टेबल आकारमा छन्। जसले प्रयोगकर्तालाई वरपर अथवा चारैतिर लैजान सहज हुनेछ। यसबाहेक, सबै तीन मोडलमा वाइड अश्सिकिलेटिङ फक्सन रहेको छ जसले तापलाई चारैतिर फैलाउँछ। सबै मोडेलहरूमा सुरक्षा टिप ओभर स्विच छ र त्यो सबै प्लास्टिक र धातुको कभरमा आउँछ। हलोजन हिटरका यी तीन मोडल उत्पादनमा १ वर्ष वारेन्टीको साथ आउँछ।

हिम इलेक्ट्रोनिक्स प्रालि ग्राहकका माझमा विगत कयौं वर्षदेखि विश्वासनीय कम्पनीको रूपमा स्थापित छ। यसले नेपाली उपभोक्ताका लागि उत्पादनदेखि बिक्रीपछिको सेवासम्म गरी निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ।