टाटा गुरु भेला सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्रालिद्वारा हालैमात्र टाटा गुरु भेला कार्यक्रम सम्पन्न भएको छ। पोखरामा आयोजित उक्त कार्यक्रममा जनकपुरदेखि महेन्द्रनगरसम्मका गरी करिब १२० जना टाटा गुरु को उपस्थिति रहेको थियो।

सिप्रदी अटोपार्टसको प्रतिबद्धताअनुसार टाटा गुरुलाई ज्ञान, सीप र प्रविधिको क्षेत्रमा गरिएको कार्यविवरण, आगामी दिनमा टाटा गुरुको क्षेत्रमा ल्याइने विविध कार्यक्रमका बारेमा जानकारी गराउँदै टाटाका गाडी पार्टस्का बारेमा जानकारी दिइएको थियो। सिप्रदी टाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडी बिग्रिएको ४ घण्टाभित्र बनाइसक्ने आगामी योजनामा टाटा गुरुहरूको सहयोगको अपेक्षा रहेको र टाटा गुरुलाई सक्षम बनाउन कुनै तरहको पनि सहयोग गर्न आफू तत्पर रहको सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताउनुभयो। उक्त कार्यक्रममा अटो मेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष गोपाल भट्टराईले मेकानिकको हितमा ल्याइएको टाटा गुरु कार्यक्रम पहिलो र उत्कृष्ट रहेको धारणा व्यक्त गर्नुभयो।