ड्याट्सनको बोनान्जा अफर

0
Shares

काठमाडौं, (नेस)
नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले क्रिसमस तथा नयाँ वर्ष २०१९ को उपलक्ष्यमा ड्याट्सन बोनान्जा अफर सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विभिन्न उपहार प्राप्त गर्न सक्नुहुनेछ। लायल्टी बोनस, फाइनान्सिङ सुविधा, आकर्षक उपहार, १ वर्षको गाडीको निःशुल्क इन्स्योरेन्स, ३ वर्षसम्मको वारेन्टी साथै एक्सचेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नु हुने छ।
कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुविधा प्राप्त गर्न सक्नु हुनेछ। यसरी यस योजनाअन्तर्गत ड्याट्सन गाडी खरिदमा अधिकतम् १ लाख ९० हजारको छुट, रु १ लाख १० हजार बराबरको निःशुल्क एक्सोसरिज २ वर्षको स्वास्थ्य बीमा योजनाको फाइदा प्राप्त गर्न सक्ने छन्।