माथिल्लो तामाकोसी लट–२ को काम अस्ट्रियन कम्पनीलाई

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले जिम्मा लिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट २ अन्तर्गतको हाइड्रोमेकानिकल काममा ढिलाई गरेपछि अस्ट्रियाको एन्ड्रिज हाइड्रोसंँग साझेदारीमा काम गर्न सहमति जनाएको छ।

निर्माणाधीन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रगतिमा भारतीय ठेकेदार कम्पनीकै कारण समस्या भएको भन्दै आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले विकल्प खोजीको तयारी थालेपछि भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङ अस्ट्रियाको एन्ड्रिज हाइड्रोसँंग साझेदारीमा काम गर्न सहमति भएको आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानले बताउनुभयो।

लट ३ अन्तर्गत इलेक्ट्रिो मेकानिकलको जिम्मा पाएको अस्ट्रियाको एन्ड्रिज हाइड्रोले आफ्नो जिम्मेवारीअन्तर्गतको पावर हाउस, हेडवक्स लगायतको काम करिब अन्तिम चरणमा पु¥याएकाले भारतीय ठेकेदार कम्पनीसंँगकै सहमतिमा लट २ अन्तर्गतको हाइड्रो मेकानिकल कामसमेत शुरू गर्ने समझदारी भएको प्रवक्ता डा। न्यौपानेले बताउनुभयो। आयोजनाको काम हालसम्म करिब ९७ दशमलव ५ प्रतिशत पूरा भए पनि हाइड्रोमेकानिकलकै कामको ढिलाईले आयोजनाको पछिल्लो लक्ष्य समेत पूरा नहँुदा पुनः ६ महिना म्याद थप गरी विद्युत् उत्पादन हुने पुसबाट असारमा सारिएको छ। तर, लट २ को काममा भएको ढिलाईकै कारण पछिल्लो लक्ष्यमा समेत समस्या हुने भएपछि आयोजनाले विकल्पको रूपमा अस्ट्रियाको एन्ड्रिज हाइड्रोलाई कामको जिम्मेवारी दिएको हो।

आयोजनाको लट २ को काममा ३७२ र ३१० मिटरको २ वटा ठाडो शुरूङसहित ९ सय मिटर शुरूङमा पेनस्टक पाइप जडान गर्नुपर्छ। अब तल्लो ठूलो शुरूङमा पेनस्टक पाइप जडान गर्ने काम अस्ट्रियाको एन्ड्रिज हाइड्रोले गर्नेछ भने सानो शुरूङमा पेनस्टक पाइप जडान गर्ने काम भारतीय ठेकेदार कम्पनीले गर्नेछ।