शिवम् सिमेन्टद्वारा सचेतनामूलक गोष्ठी सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
शिवम् सिमेन्टले सामाजिक उत्तरदायित्वअन्र्तगत मजबुत निर्माणमा गुणस्तरीय सिमेन्टको भूमिका बारेमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। शिवम् सिमेन्टले पूर्वको गौरादहमा गरेको उक्त कार्यक्रममा निर्माण व्यवसायी, ठेकेदार, मिस्त्री, इन्जिनियर उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट प्राविधिक विज्ञ आनन्द चतुर्वेदीले सिमेन्टको गुणस्तरको बारेमा जानकारी प्रदान गराउनुको साथै सिमेन्टलाई कंक्रिट र प्लास्टरमा सही तरिकाले प्रयोग गर्न प्राविधिक ज्ञान तथा ओपीसी सिमेन्टको फाइदा र विशेषताको बारेमा जानकारी गराउनु भएको थियो। साथै सहभागीमध्येबाट सिमेन्टको ग्रेड, गुण र निर्माण सम्बन्धित उठेका जिज्ञासालाई पनि प्रष्ट पार्नुभएको थियो। कुनै पनि निर्माण बलियो बनाउन राम्रो बालुवा कसरी छान्ने, राम्रो इँट्टा कसरी छान्ने, राम्रो सिमेन्ट कसरी छान्ने आदि जस्ता विषयमा पनि उक्त कार्यक्रममा छलफल गरिनुको साथै सरल प्राविधिक विधी बारेमा मिस्त्रीलाई जानकारी गराइएको थियो।

उक्त गोष्ठीमा गुणस्तरीय भौतिक संरचना निर्माणको लागि सिमेन्टको गुणस्तर उच्च रहनुपर्ने कुरालाई मध्यनजर गर्दै यस्ता सचेतनामुलक कार्यक्रम आगामी दिनमा समेत देश भरी नै सञ्चालन गर्दै जाने जानकारी गराउनु भएको थियो। सन् २००९ मा नेपालका केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। ‘गुणस्तरको पहिचान हो शिवम्,’ ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं,’ जस्ता नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ।