विश्वस्तरको प्रविधिमा होङ्सी शिवम् सिमेन्ट उत्पादन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
होङ्सी शिवम् सिमेन्ट प्रालि, होङ्सी होल्डिङ ग्रुप चाइना र शिवम् होल्डिङ नेपालले संयुक्त रूपमा लगानी गरी व्यवस्थापनमा ल्याएको छ। नवलपुरको विनयी त्रिवेणी करिब ३५० मिलियन अमेरिकी डलरको लगानीमा उद्योग स्थापित गरिएको छ।

कम्पनीले गत मे महिनादेखि २ दशमलव ३ मिलियन टन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमताका साथ सञ्चालनमा आएको छ। उत्कृष्ट गुणस्तरको धारणासहित अगाडि बढेको होङ्सी सिमेन्टले उत्पादन विकास, व्यवस्थापन र बिक्रीपछि सेवाको प्रक्रिया नियन्त्रण, व्यवस्थापनका साथै उच्च गुणस्तरलाई महत्व दिन्छ।
कम्पनीको विश्वस्तरको उत्पादन प्रविधि र उपकरण छ। कम्पनीमा नेपालको सबैभन्दा ठूलो भट्टी छ। जसमा ६ हजार टीपीडी नयाँ सुख्खा क्लिन्कर उत्पादन लाइन र १२ मेगावाट विद्युत् उत्पादन प्रणाली छ। डेनमार्क, जर्मनी र बेलायतबाट उपकरण आयात गरिएको छ।

कम्पनीसँग पर्याप्तरूपमा आफ्नै चुनढुंगा खानी रहेको छ। उच्च गुणस्तरको चुनढुंगाको मात्रा १३० मिलियन टन हो। उक्त खानी ठूलो मात्रामा उत्खनन् तथा उत्खनन् औजारले सुसज्जित छ।