एक हप्ताको समय दिनुस्ः प्रम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ।
राष्ट्रिय जनता पार्टीका नेताहरूसँग मंगलबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस, राजपा र संघीय समाजवादी फोरमलाई राष्ट्रिय पार्टीको मान्यता दिएर जनताले देश निर्माणको जिम्मा दिएकाले सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन्’, प्रधानमन्त्री ओलीले नेतालाई भन्नुभयो– ‘हामीले सानातिना कुरामा नअल्झिई देश निर्माणमा लाग्नुपर्दछ। मधेसको सामाजिक विकास, समृद्धि र त्यहाँका सबै प्रकारका समस्या समाधान गर्न म सकारात्मक छु।’ प्रधानमन्त्री ओलीले संविधान निर्माण र तीनै तहको निर्वाचनपछि कतिपय राजनीतिक दलले विगतमा उठाएका विषयको म्याद सकिएको बताउनुभएको छ। ‘अब हिजोकै विषयमा वादविवाद गरेर हुँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘नयाँ ढंगले सोचौं। नयाँ ढंगले अघि बढौं।’

राजपाले उठाएका मागमा आफू सकारात्मक भएको र तिनलाई चाँडो पूरा गर्न आफू प्रतिबद्ध भएको प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ। भेटमा राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव हुनुहुन्थ्यो।