कार्यालय प्रमुख नहुँदा काममा बाधा

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा रहेको नयाँ शहर आयोजनाका कार्यालय प्रमुख नहुँदा काममा समस्या भएको छ । गत मंसिर २६ गते कार्यालय प्रमुख सञ्जन दास सरुवा भएपछि नयाँ कार्यालय प्रमुख जगदिस लामीछाने लाई खटाइएको भएपनि हाल सम्म कार्यालयमा नपुग्दा दैनिक काममा बाधा पुगेको बताइएको छ । नयाँ शहर आयोजनाको निर्माण भइरहेको भवन निर्माणमा पनि समस्या भएको निर्माण कम्पनीले बताएको छ । कार्यालयको भवन निर्माणको जिम्मा लिएका कम्पनीका प्रतिनिधि डिल्ली के.सीले आफुहरुलाई समयमा काम सम्पन्न गर्दैनन् भन्ने आरोप लागेको तर कार्यालयले भुक्तानी पनि नदिएको तथा भेरियसन नगर्दा काममा बाधा पुगेको बताउनुभयो ।

कार्यालयका अन्य दैनिक काममा पनि समस्या आएको स्थानीयले बताएका छन् । यसै गरी नगरपालिका भित्रको सडक लगाएतका काममा पनि बाधा पुगेको बताइएको छ ।