धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ५ ले वडाका सबै टोलहरुमा पुग्नेगरी बिरामीलाई स्वास्थ्य संस्था सम्म पुर्याउन सजिलोको लागि स्टेचर वितरण गरेको छ ।
वडामा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य बसन्त शर्माले स्टेचर स्थानीयलाई हस्तानतरण गर्नुभएको वडा अध्यक्ष कस्तुप दाहालले बताउनुभयो ।
वडा नं ५ मा रहेका स्थानीयलाई बिरामी भएको अवस्थामा स्वास्थ्य संस्थामा पुर्याउन सजिलोको लागी स्टेचर बितरण गरिएको अध्यक्ष दाहालको भनाई छ । २१ हजार बराबरको स्टेचर प्रदान गरिएको हो ।











प्रतिक्रिया