“अवैध नियुक्त गरिएका २८ जना शिक्षक तथा कर्मचारीको नियुक्ति खारेज”
मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको अवैध नियुक्ति विवाद सुल्झिन सक्ने संकेत पाइएको छ । प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले आफुले नियुक्त गरेका शिक्षक तथा कर्मचारी खारेज गरिसकेको कुरा पत्रकार मनोज भट्ट संगको संवादमा बताएका छन् । कानुनको मतलब नगर्दै मास र शिक्षक विद्यार्थी जसरी आन्दोलनमा उत्रिएका छन, उनिहरुको मागको कदर गर्दै आफुले पछि हट्ने कुरा उनले व्यक्त गरेका छन् । तर विश्वविद्यालयलाई स्वच्छ तरिकाले अगाडि बढाउने हो भने मात्रै आफु यो निर्यणबाट पछाडि हट्ने समेत डा. बिष्टको दाबि छ ।
नियुक्त गरिएका शिक्षक तथा कर्मचारी अवैधानिक तरिकाले नभएको तर नेपालको कानुनलाई समेत चुनैति दिदै विश्वविद्यालयलाई नयाँ तरिकाले अगाडि बढाउछौं भन्छन भने आफ्ना पनि केहि सर्त रहेको डा. बिष्टले बताए । जसरी आज आफ्नो विरुद्ध अतिरन्जीत तरिकाले आन्दोलनमा रहेका प्राध्यापकहरु छन, उनिहरुले आफुलाई पनि यस्तै प्रकृयाबाट विश्वविद्यालयमा नियुक्ति दिलाइएर स्थायी भएको कुरा नभुल्न आग्रह गरे । ‘उनिहरुको नियुक्ति पनि यसरी मैले नै गरेको हुँ । उनिहरुको पालामा केहि नहुने, आफ्ना सबै नातागोता भर्न पाइने, अनि आरोप चाहिँ मलाई लगाउने ? यदि विश्वविद्यालयकै लागि हो भने, के तपाईहरु पनि राजिनामा दिन सक्नुहुन्छ ? तपाईहरुको पनि राजिनामा खारेजीका लागि म माथी पठाऊ ? तपाइहरु पनि बिना बिज्ञापन सिधै भित्र घुसेका हौ !’
सुप विश्वविद्यालयलमा अहिलेकै अवस्थामा पनि १० जना भन्दा बढि श्रीमान श्रीमती रहेको कुरा बिष्टले बताए । आफुले गरेको नियुक्ति पुर्व प्रिन्सिपलहरुको भन्दा फरक र गलत भएको भए आफु पद होइन जागिर नै छोड्न पनि तयार रहेको कुरा उनले प्रष्ट पारे ।
प्रिन्सिपल डा. बिष्टको एकमात्र अडान
शिक्षक तथा कर्मचारीको नियुक्ति खारेज गरिएको तर आफ्ना पनि केहि अडानहरु कायमै रहेको कुरा प्रिन्सिपल बिष्टले बताए । जे जसरी भए पनि आफुलाई डाउन गर्न खोजिएको यो सबै षड्यन्त्र भएको तर आफु नियम सम्बत नै चलेकोले पनि कसैले आफुलाई केहि गर्न नसक्ने कुरा समेत उनले व्यक्त गरे । मास र शिक्षक विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै आफुले सबै नियुक्ति फिर्ता लिएको बिष्टको दावि छ । तर नियुक्ति फिर्ता लिएर मात्रै विश्वविद्यालयले भयंकर सफलता पाउने कुरा हुनै नसक्ने र विश्वविद्यालय भित्रका अन्य प्रमुख समस्याहरु समाधानका लागि कार्यविधि बनाएर अगाडि बढ्नु जरुरी रहेको कुरा उनले प्रष्ट्याए ।
‘प्रमुख समस्या भनेको दोहारो प्राध्यापन हो । यसलाई समाधान गरेगछि मात्रै विश्वविद्यालयले गति पाउछ । यसका लागि विश्वविद्यालयमा पनि जागिर खाने र बाहिर आफ्ना स्कुल, अन्य इन्सिच्युट र विभिन्न संघ, संस्थामा सेयर लगानी गरेर चारै तिर भाडभैलो मच्चाउनेहरुलाई तत्काल विश्वविद्यालय बाट निकालिनु पर्छ । होइन भने बाहिर पनि पढाउने, भित्र पनि पढाउने र संघ सस्था पनि चलाउने काम बन्द गर्नु पर्ने गरि कार्यविधी बनाउनु पदर्छ । जहाँ काम गर्ने हो एक ठाउँमा मात्र गर्ने प्रणाली तत्काल लागु गरिनुपर्छ ।’ डा. बिष्टले भने ।
नैतिकता पतन भएका व्यक्तिहरुले आन्दोलन पनि मच्चाइ रहेको र विश्वविद्यालय भित्र बाहिर गर्दै बर्बादी निम्ताएको बताए । नियुक्ति खारेज गरिसकेकोले वातावरण शान्त भएपछि वार्तामा बस्न सकिने उनको भनाइ छ ।











प्रतिक्रिया