लमजुङ, (नेस)
लमजुङमा सञ्चालन गरिएको तीन दिने निःशुल्क आँखा शिविरमा ५ सय ८६ जनाको आँखा परीक्षण गर्नुका साथै ७२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित भक्ति नमुना माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविरमा जिल्लावासीले सो सेवा पाएका हुन्।
भोटेओडार– काठमाडौं सेवासमाज काठमाडौंको आयोजक रहेको शिविरमा पाँच सय ८६ भन्दा बढीको आँखाको परीक्षण ७२ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको भोटेओडार–काठमाडौं सेवासमाजकी सदस्य अञ्जना पौडेल खनालले बताउनुभयो। उहाँका अनुसार शिविरमा साना बालबालिकादेखि ९३ वर्र्षकी एक वृद्धाहरूले समेत आँखाको शल्यक्रिया गरिएको छ।
शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग रहेको शिविरको आयोजक भोटेओडार सेवा समाज काठमाडौंका अध्यक्ष श्रीकान्त सापकोटाले बताउनुभयो। उहाँका अनुसार नेपालको सबैभन्दा पुरानो आँखा अस्पताल त्रिपुरेश्वरकी वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर पूजा कार्कीको नेतृत्वमा आएको डाक्टर लिना झा, कल्याण ढुंगानालगायत १० जनाको समूहले बिरामीलाई सेवा प्रदान गरेको छ।
सामान्यतया ५० वर्र्षमाथिका व्यक्तिमा मोतियाविन्दुको समस्या देखा पर्ने डा। कार्कीले बताउनुभयो। उहाँका अनुसार शिविरमा आँखा चिलाउने, पोल्ने धमिलो हुने, पाक्ने, आँखाको कारणले गर्दा टाउको दुख्नेजस्ता समस्या लिएर बिरामी आएका थिए। विशेष गरेर न्यून आय भएका र उपचारका लागि धेरै टाढा जान नसक्ने वर्गलाई लक्षित गरेर शिविर सञ्चालनमा ल्याएको संस्थाकी अध्यक्ष कान्ता सापकोटाले बताउनुभयो। उहाँका अनुुसार शिविरमा आँखा परीक्षणपश्चात औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।











प्रतिक्रिया