१० बिगाहा लागुऔषध गाँजा खेती नष्ट

0
Shares

बारा ।
प्रहरीले बारामा लागुऔषध गाँजा खेती नष्ट गरेको छ ।

सोमबार बिहान ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध गाँजा फडानी गरेको हो ।

प्रहरीले बारा निजगढ नगरपालिका १३ डम्बरपुर स्थित शक्तिखोला एरियाको करिब १० बिगाहा ऐलानी जग्गामा अबैध रुपमा लगाईएको गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।