प्युठान ।
जिल्लाको दाखाक्वाडी स्थित एक पुस्तक पसलमा आज बिहान आगलागी हुँदा रु १० लाख क्षति भएको छ ।
बिहान ५स्३० बजे प्युठान नगरपालिका– २ एक्लेवर स्थित साझा स्टेस्नरी पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको बताईएको छ । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट पुस्तक, कापी, कलम, फोटोकपी मेसिन लगाएतका सामाग्री जलेको संचालक दिनेश पोख्रेलले बताए ।












प्रतिक्रिया