प्रभावकारी बन्दै प्रारम्भिक तह पढाई कार्यक्रम

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुममा सञ्चालीत प्रारम्भीक तह पढाई कार्यक्रम प्रभावकारी भएको निष्कर्ष अनुगमन टोलीले निकालेको छ । रुकुम पुर्व र रुकुम पश्चिममा सञ्चालीत प्रारम्भीक तह पढाई कार्यक्रमले वालवालिकाको पढाईमा बिगत भन्दा अधिकतम सुधार आएको निष्कर्ष निकालिएको हो ।

विश्व खाद्य कार्यक्रमको आर्थिक तथा विश्व शिक्षाको प्राविधिक सहयोगमा मिक नेपाल रुकुम द्धारा सञ्चालित प्रारम्भिक तह पढाई कार्यक्रमको प्रभावकारिता तथा प्रभावलाई अनुगमन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट टोली रुकुम पुगेको थियो । मन्त्रालयका का गोपाल नारायण श्रेष्ठ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका घनश्याम अर्याल, पाठ्यक्रम विकास केन्द्रका निमप्रकाश राठोर, शैक्षिक गुणस्तर परिक्षण केन्द्रका प्रकाश कुमार खरेल, विश्व शिक्षाका मोहन प्रसाद भुर्तेल, बविता श्रेष्ठ र प्रमोदकुमार विष्ट तथा मिक नेपालका सिता विष्टद्धारा अनुगमन गरिएको थियो ।

बाँफिकोट गाँउपालिका शिक्षा प्रमुख लालसिंह खड्काले प्रारम्भिक तह पढाई कार्यक्रम लागु भए पश्चात विद्यालयमा बालबालिकाको पढाइ मा सुधार आएको र पठन पाठन गर्न गराउन पनि शैक्षिक सामग्रीले योगदान पु¥याएको वताउनुभयो । उहाँले वाँफिकोट गाँउपालिकाको सम्पुर्ण विद्यालयमा यो कार्यक्रम लागु गर्न माग गर्दै गणित तथा अंग्रजी विषयको लागि पनि शिक्षकलाई तालिम तथा सामग्रीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

बाँफीकोट गाँउपालिकाका स्रोत व्यक्ति लोकवहादुर खड्काले प्रारम्भीक तह पढाई कार्यक्रम अन्तर्गत गरिएका क्रियाकलापले वालबालिकाले पढाइ प्रति चासो लिएको र विद्यालयमा शैक्षिक सामग्री प्रयोग गरि शिक्षण गराउन र सिक्नलाई प्रभावकारी भएको वताउनुभयो ।

बिद्यालयमा बिद्यार्थीहरु निकै उत्साहितका साथ सामग्रीहरु सँगै खेल्दै र सिक्दै गरेको पाइएको मिक नेपालका अध्यक्ष भिउमान घर्तीले बताउनुभयोे । तालिम पश्चात स्तर निर्धारण गरी बिद्यालयको स्तर अनुसार उपचारात्मक शिक्षण गरिरहेको नब ज्योती बिद्यालयका प्रधानाध्यापक खिम बहादुर खत्रीले बताउनुभयो ।

बिद्यार्थी को स्तर पहिचान गरी शिक्षण गर्दा शिक्षकलाई सहजता भएको र बिद्यार्थी हरुमा पनि सकारात्मक प्रतिस्प्रर्धाको विकास भएको शिक्षकहरुले बताएका छन् । यस्तै बिद्यालयमा बिद्यार्थीको बसाई व्यवस्थापन शिक्षण सिकाई क्रियाकलाप र अभिभावकमा बिद्यालय र आफ्ना बालबालिकाको पठन सिप बिकासका लागि सकारात्मक सोचको विकास भएको निष्कर्ष मन्त्रालयको अनुगमन टोलीको छ ।