काठमाडौं, (नेस)
चालू आवको चार महिनामा विप्रेषण आप्रवाह ३६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३१२ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १ दशमलव ४ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव १ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २ दशमलव २ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३ दशमलव ६ प्रतिशतले वृद्धि भई ३५२ अर्ब ९७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव ५ प्रतिशतले घटेको थियो। अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७ दशमलव ७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा मलेसिया जाने नेपालीको संख्या उल्लेख्य मात्रामा घटेकोछ।











प्रतिक्रिया