एभरेष्ट बैंकको पुननिर्मित पुल्चोक शाखा सञ्चालनमा

0
Shares

काठमाडौं, (नेस)
एभरेष्ट बैंकले रिटेल एसेटस् सेलको शुरूआत गर्नुका साथै बैंकको पुननिर्मित पुल्चोक शाखा कार्यालय पनि उद्घाटन गरेको छ। पुल्चोकमा आयोजित कार्यक्रममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एलवी प्रभाकरले रिटेल एसेटस्सेल र पुर्ननिर्मित पुल्चोक शाखा कार्यालयको उद्घाटन गर्नुभएको छ। उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठलगातको उपस्थिति थियो।

एभरेष्ट बैंकले साढे ९ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ। बैंकले हाल ८६ वटा शाखा, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएमबाट उक्त सेवरु प्रदान गर्दै आइरहेको जनाएको छ।