डिसहोमद्वारा १५ लाख सेट टप बक्स बिक्री

0
Shares

काठमाडौं, (नेस)
स्याटलाइट प्रविधिमा आधारित डीटीएच डिसहोमले हालसम्म १५ लाख सेट टप बक्स बिक्री गरिसकेको जनाएको छ।कम्पनीका अनुसार प्रिपेड भुक्तानी प्रक्रियामा सेवा प्रवाह हुने भएकाले सक्रिय ग्राहक संख्या घटबढ भइरहन्छ।

देशमा टिभी हेरिने घरमध्ये करिब २५ प्रतिशत बजार हिस्सा डिस मिडिया नेटवर्कको रहेको कम्पनीको दाबी छ। सञ्चालनमा आएको ९ वर्षको अवधिमा कम्पनीले ४ अर्ब १० करोड ९१ लाख २ हजार २१३ रुपियाँ कर सरकारलाई विभिन्न शीर्षकमा बुझाएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षसम्म भन्सार करतर्फ मात्रै ८७ करोड २० लाख ११ हजार ७८ रुपियाँ, ग्राहकबाट संकलित मूल्य अभिवृद्धि कर २ अर्ब ५२ लाख २२ हजार २९५ रुपियाँ, रोयल्टीतर्फ १९ करोड ३५ लाख ४६ हजार ४५४ रुपियाँ, लाइसेन्स र नवीकरणतर्फ ४ करोड ६८ लाख ३ हजार ३३४ रुपियाँ, आयकरतर्फ ४५ करोड ३० लाख १७ हजार ४०० रुपियाँ, टीडीएसतर्फ ५३ करोड ८५ लाख १ हजार ६५१ रुपियाँ बुझाइसकेको छ।