ओपोको एक्स ५ जी प्रोटोटाइप सार्वजनिक

0
Shares

काठमाडौं, (नेस)
चीनको दूरसञ्चार सेवाप्रदायक ओपोले आफ्नो फाइन्ड एक्स ५ जी प्रोटोटाइप सार्वजनिक गरेको छ। ओपोले डिसेम्बर ६ देखि ८ सम्म ग्वान्जाउमा आयोजित चाइना मोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्स २०१८मा पहिलोपटक फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक गरेको हो।

ओपो फाइन्ड एक्स, फ्ल्यागििप स्मार्टफोनले स्मार्टफोन उद्योगमा ‘अल स्क्रिन ट्रेन्ड’को अगुवाइ गरिरहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार इन्जिनियरिङ स्याम्पल स्न्याापड्रयागन ८५५ र एक्स५०, ५जी मोडेम सहितको ओपो फाइन्ड एक्स ५जी प्रोटोटाइपले ५ जी पर्फरमेन्स दिने क्षमता राख्छ। सम्मेलनमा बोल्दै ओपो ग्लोबल भाइस प्रेसिडेन्ट तथा प्रेसिडेन्ट अफ चाइना विजनेश ब्रायन शेनले भने–‘सन् २०१९मा कमर्सियल ५जी स्मार्टफोन सार्वजनिक गर्ने ओपो पहिलो कम्पनी हुनेमा हामी विश्वस्त छौं।’