नेपाल समाचारपत्र, बैतडी
बैतडीमा घरमा सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७३ ÷७४ मा घरमा सुत्केरी हुने महिला १० प्रतिशत रहेकामा २०७४÷७५ मा १ प्रतिशतले बढेर ११ प्रतिशत भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो।
बैतडीमा वर्षेनी ६ हजार २ सयभन्दा बढी महिला सुत्केरी हुने गरेकामा ८ सयभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेको प्रमुख डाक्टर विष्टले जानकारी दिनुभयो। स्वास्थ्य संस्था र बर्थिङ सेन्टरको पहँुचमा रहेका महिलाहरूले मात्रै स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउने गरेको उहाँको भनाइ छ।
१० वटा स्थानीय तह रहेको बैतडीमा ५ वटा सामुदायिक एकाइ केन्द्र र ६ वटा शहरी स्वास्थ्य एकाइ गरी ११ वटा स्वास्थ्य केन्द्र रहेका छन्। त्यसै गरी जिल्लामा स्थानीय सरकारले सञ्चालन गर्दै आएका १ सय २७ वटा बर्थिङ सेन्टर रहेका छन्।
भगौलिक विकटताका कारणले पनि स्वास्थ्य संस्थामा पुग्न नसक्ने र स्वास्थ्य चौकी पायक पर्ने ठाउँमा नहुँदा सुत्केरी महिला घरमै बच्चा जन्माउन बाध्य भएका छन्् भने आमा र बच्चाको ज्यानसमेत जोखिममा रहेको हुन्छ।











प्रतिक्रिया