दुर्घटनापछि दाङको घोराही तनावग्रस्त, बजार बन्द

0
Shares

नरेन्द्र केसी, दाङ ।
दाङको घोराहीमा बसको ठक्करबाट स्कुटी चालकको निधन भएपछि तनाव सिर्जना भएको छ । तनाव नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो भने बिरोधमा अहिले प्रदर्शनकारीले बजार बन्द गराएका छन् ।

आज बसको ठक्करबाट स्कुटी चालकको मृत्युभएको थियो । पमहानगरपालिका वडा नम्बर १४ लखनपार्कको घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई सोमबार विहान साढे ११ बजे तिर ठक्कर दिदा चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखाली निबासी २९ बर्षिय मेघराज पुनमगरको मृत्युभएको हो ।

एउटै दिशामा गुडिरहेका स्कुटरलाई बसले ठक्कर दिदा पुनको घटना स्थलमै मृत्युभएको प्रहरीले बताएको छ । स्कुटरमा सवार फुर्सेखालीकै २४ बर्षिय महेश बुढामगर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

घटनापछि आफन्त तथा स्थानीयबासीले बसमा तोडफोड गरेका छन् । स्थित नियन्त्रणमा लिन प्रहरीले अश्रग्याँस प्रहार गरेको थियो । अहिले बजारमा मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्दै बजार र यातायात बन्द गराएका छन् ।