५ हजारको लोभमा पर्दा बुटवल १३ का वडासचिव काउछा पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत कुमार काउछालाई पक्राउ गरेको छ ।
अख्तियारको टोलीले सोमवार बिहान बुटवलको हाट बजारलाईनबाट काउछालाई पक्राउ गरेको हो ।

काउछाले बसाइँ सराइ सम्बन्धीकागत मिलाई दिने नाममा सेवाग्राही संग ५ हजार रुपौयाँ घुष मागेका र सोही रकम दिने वेलामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार बुटवल कार्यालयका प्रमुख तथा सह सचिव रविलाल पत्थले जानकारी दिनुभयो ।

अख्तियारको टोलीले काउछालाई पक्राउ गरी उनको पसलसमेत सिल गरेकोे छ ।

काउछाको बुटवल हाटबजारमा पसल रहेको छ ।