हाईसमा झुण्डिएका बालकको ज्यान गयो

0
Shares

विमल विष्ट, डोटी ।
कैलाली बाट डोटीको सिलगढीमा आउदै गरेको सुदूरपश्चिम यातायातको बा २ ख २२४३ नम्बरको हाईसमा झुण्डिएका शिखर नगरपालिका २ कालागाढ बस्ने वर्ष ५ का ईन्द्र दमाईको ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कर्णबहादुर रौलेले दिनु भएको जानकारी अनुसार सो हाईसको पछाडी पट्टीको सिडिमा कालागाढ बाट चढेको उक्त बालकको गुडीरहेको हाईसको सिडिमा खुट्टा अट्किदा टाउको सडकमा घिसारीदा घाईते भएका थिए ।

घाईते भएका बालकलाई उपचारका लागि दिपायल राजपुर स्थित सुजंग अस्पतल लैजादा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त हाईस सहित चालकलाई अहिले आफनो नियन्त्रणमा लिएको छभने बालकको सब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी पठाएको छ ।