विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ 

0
Shares

ललितपुर, ललितपुर महानगरपालिका-१५ लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय पदमबहादुर खड्का, काठमाडौं बानेश्वर बस्ने काभ्रे घर भएका ३२ वर्षीय विदुरप्रसाद आचार्य र भक्तपुर व्यासी बस्ने २६ वर्षीय रोशन दुवाल रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरीले ड्रोन क्यामरा १ थान र ड्रोन क्यामरा चलाउने रिपोर्ट ५ पाना सहित पक्राउ गरको हो ।