कालीकोटकाे पलातामा आगलागी, ३० घर जलेर नष्ट

188
Shares

कालीबहादुर मल्ल, कालिकोट ।
जिल्ला सदरमुकाम मान्मवाट ३२ कोस टाढा रहेको पलाँता गाउँपालिका– १ खाडा गाउँस्थित न्यौपाने गाँउमा गएराती भिषण आगलागि भएको छ । राति २ बजे देखि लागेको आगोले ३० घर नष्ट भएका हुन ।

हालसम्म आगलागी भइरेको र पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको कालिकोटका निमित्त प्रहरी प्रमुख देवेन्द्र मल्लले वताएका छन् । प्रहरीलाई घटनास्थलमा पठाइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको निमित्त प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

उनका अनुसार ३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुगेको पलाँता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले वताइन ।

आफ्नो गाँउ सुख्खा क्षेत्र भएको र खरको छाना भएका घर भएकाले आगो निभाउन नसकिएको उनको भनाइ छ ।
स्थानीयबासीलाई उद्धार तथा राहतका लागि नजिकका प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली खटाइएको छ । आगलागी भएको स्थान पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेको गाउँ हो ।