मनोज भट्ट, महेन्द्रनगर ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्तिको सर्दभलाई लिएर भाडभैलो मच्चिएको छ । सुप विश्वविद्यालयका प्रिन्सिपल डा। भुपेन्द्र बिष्टले कार्यादेश र अस्थायी करारमा भन्दै भटाभट् आफ्ना नातागोता तथा राजनीतिक पावरका आधारमा शिक्षक तथा कर्मचारी नियुक्त गर्न थालेपछि विश्वविद्यालयको स्थिती झन दलदलमा फस्दै गएको हो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अर्थशास्त्र बिषयको इकोनोमिट्री पढाउने शिक्षकको अभाव भएपछि एक जना मात्र शिक्षकको नियुक्त गर्ने अवस्था आएको थियो । तर प्रिन्सिपल बिष्टले एक जना शिक्षक नियुक्त गर्नुपर्ने अवस्थामा चार जना शिक्षक आफ्नो मनमर्जीले एकलौटी निर्यणका आधारमा रातारात बिज्ञापन तथा सूचना नै नखोली अवैध तरिकाबाट नियुक्त गरेपछि सुप विश्वविद्यालयको माहोल झन् तातेको हो ।
एक शिक्षक राखिनुपर्ने ठाँउमा चार जना शिक्षक राखिएपछि विश्वविद्यालयको माहोल आन्दोलन तर्फ मोडिएको छ । कार्यादेश भन्दा बढी शिक्षक र विभिन्न विभागहरुमा आवश्यकता भन्दा बढि नै कर्मचारीहरु नियुक्त गर्दा राजनीतिक दलका विभिन्न विद्यार्थी संघ संगठनहरुले भित्रि रुपमा आफ्ना पनि केहि शिक्षक तथा कर्मचारीहरु राख्ने पर्ने माग राख्दै नाम दिएको स्रोतले बताएको छ ।
पहिलो चरणमा प्रिन्सिपलले मनोमानी ढङ्गले आफ्ना नातागोता नियुक्त गरेपछि केहि विद्यार्थी संगठनका पहरेदारहरुले प्रिन्सिपल समक्ष आफ्नो लिस्ट समेत पेश गरेको र आफ्ना संगठन र पार्टीबाट नियुक्त नगरे आन्दोलन भड्काउने चेतावनी समेत दिएको स्रोत बताउछ ।
प्रिन्सिपलले चार जना शिक्षक नियुक्त गरिसकेपछि दश जना कर्मचारीमा संगठन तथा पार्टीबाट समेत मिलाएर नियुक्त गर्दा सबै सेटिङ मिल्नलागेको तर पुर्व माओवादीबाट थप एक जना थप्न नसक्दा अखिल क्रान्तिकारीका दुई,चार जना पहरेदारहरुले विश्वविद्यालयमा भागबण्डामा आफुलाई पछि पारिएको भन्दै तालाबन्दी गरेको उक्त स्रोतले बताएको छ ।
विश्वविद्यालयमा एक विद्यार्थी संगठनको तालाबन्दी पछि अन्य सबै विद्यार्थी संगठनहरुले ऐक्यवद्धता जनाउदै विश्वविद्यालयमा प्रिन्सिपलको मनोमानी भन्दै आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरुको आन्दोलनले उग्ररुप लिन थालेपछि प्रिन्सिपल डा। भुपेन्द्र बिष्टले एकाएक विश्वविद्यालयको छाप र लेटरप्याड घरमै लगेर बार्गेनिङको मामला सुल्झाउन लाग्दा झन समस्या थपिदै गएको हो ।
समस्यालाई सुल्झाउन डा।विष्टले पार्टी तथा विद्यार्थी संगठनका पहरेदारहरुका पदपर्ती गर्न आफ्नो घरमै बोलाएर नियुक्त गर्ने गरेको स्रोतले बताएको छ । सुरुमा नियक्त गरिएका १४ भित्र एक जनालाई व्यवस्थापन गर्न नसक्दा सधै चल्दै आएको विश्वविद्यालय प्रशासनको कर्तुत बाहिरिएको हो ।
भित्रि रुपमा बार्गेनिङ गर्ने र देखावटी रुपमा विश्वविद्यालयको हितका लागी भन्दै सोझा–साझा विद्यार्थीहरुलाई एकत्रित पार्ने खेल विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा खेल्दै आएको कञ्चनपुरका अधिकारकर्मी कृष्ण महराको आरोप छ । प्रिन्सिपल बिष्टले आन्दोलन चर्के पश्चात आफ्नो घरबाट नै पार्टी तथा विद्यार्थी संघ–संगठनका पहरेदारहरुको लिस्टमा नाम भएकाहरुको घर घरमा नियुक्ति पत्र पठाउने गरेको अनेरास्ववियु क्रान्तिकारीका नेता बिरेन्द्र शाहले बताए । बिप्लप निकट एक जना साथीको घरमा समेत नियुक्ति पत्र आएको तर उक्त नियुक्ति पत्रलाई आफ्नो पार्टीले फिर्ता तथा स्विकार नगरेको उनले बताए ।
पहिलो लटमा अर्थशास्त्रका लागी ंचार जना शिक्षक नियुक्त पश्चात प्रिन्सिपल बिष्टले आन्दोलन शान्त पार्न तथा पार्टीका कोटा पु¥याउन थप गणित, नेपाली र स्वास्थ्य बिषयमा समेत तिन जना प्लस एक जना गर्दै चार जना थप गर्दै शिक्षकको १ जनाको कार्यादेश अनुसारको कोटामा आठ जना नियुक्त गरेका छन् । त्यसैगरी आवश्यक १० जना कार्यादेश अनुसारका कर्मचारीको संख्या बढाएर डा। बिष्टले भागबण्डा मिलाउनकै लागी २० जना पु¥याएका छन् । यद्यपी कार्यादेश मात्र १० जनाको थियो ।
प्रिन्सिपल बिष्टले शिक्षक तथा कर्मचारीको संख्या बिहिबार सम्म भएका २६ जनामा समेत दुई जना थप गरेर २८ पु¥याएका छन् । थपहुनेहरुमा अखिल क्रान्तिकारीको आग्रहमा पुर्व माओवादी बाट एक जना र नेविसंघको आग्रहमा नेपाली कांग्रेस बाट एक जना रहेको प्रिन्सिपल स्रोतले बताएको छ ।
विश्वविद्यालयको अवैध गतिविधी विरुद्ध इन्टिग्रिटी फोरम भने निरन्तर पुस १ गते देखी रिले अनसनमा बसेको छ । जबसम्म विश्वविद्यालयमा प्रकृया पु¥याएर वैधानिक तथा स्वच्छ प्रतिस्पर्धा बाट शिक्षक तथा कर्मचारी नियुक्त हुदैनन् तब सम्म आफुहरु अनसन नै बसीराख्ने इन्टिग्रिटी फोरमका अध्यक्ष चन्द्रदेब बडुले बताए ।
शुक्रवार बिहान विश्वविद्यालयका विद्यार्थीहरुको एक संर्घष समितीले केन्द्रिय क्याम्पसको मुलगेटमा टायर बालेर बिरोध गरेका थिए । शुक्ररवार नै प्रा। खेमराज जोशीको अध्यक्षतामा बसेको भेलाले प्रिन्सिपल बिष्टले गलत नियतले अवैधानिक तरिका बाट राखिएका सबै शिक्षक कर्मचारीहरुलाई यथाशिघ्र खारेज गरी डा। बिष्टको समेत राजिनामा माग गरेका छन भने आइतवार प्रिन्सिपलको अवैधानिक र गैरजिम्मेवार तथा अमर्यादित गतिविधी प्रति पेन डाउन गरेर आन्दोलन जनाउने चेतावनी दिएका छन् ।











प्रतिक्रिया