काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकले दुई नयाँ शाखा सुनसरीको इनरुवास्थित शान्तिचोक र बराहक्षेत्रको प्रकाशपुरमा शाखा शाखा खोलेको हो।
नयाँ शाखासँगै बैंकको २७२ शाखा, २८६ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवम् २० वटा शाखा रहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको वासलातको आकार २१० अर्बभन्दा बढी पुगेको छ। त्यस्तै कुल निक्षेप करिब १६८ अर्ब तथा कर्जा १५५ अर्ब रुपियाँ रहेको बैंकले जनाएको छ।











प्रतिक्रिया