नेपाल समाचारपत्र, काठमाडौं
रन्तरको गिरावटका कारण हतोत्साही भएका पुँजी बजारका लगानीकर्ता पछिल्ला दुईचार दिनमा केही आशावादी देखिएका छन्। ब्याजदर घट्नुका साथै पुँजी बजारका अवरोधहरूलाई सम्बोधन गर्न सरकारले पहल गरेपछि लगानीकर्ता उत्साहित भएका हुन्।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले लगानीकर्ताका समस्या समाधान गर्न सिफारिस गरेपछि करिब छ महिना अगाडिको स्थितिमा शेयर बजार फर्किएको छ। यसैक्रममा साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ३२ दशमलव २४ बिन्दूले बढेर एक हजार १९८ दशमलव १८ बिन्दूमा पुगेको छ।
कुल १६४ कम्पनीको २८ लाख १२ हजार २१२ कित्ता शेयर ८७ करोड ५५ लाख ७२ हजार ७६३ मूल्यमा खरिद बिक्री भएका छन्। स्टकका अनुसार आज कारोबार भएका उपसमूहमध्ये उत्पादनबाहेक सबै उपसमूहका शेयर बढेका हुन्। उत्पादन छ दशमलव शून्य ५ बिन्दूले घटेको बजारमा निर्जीवन बीमा सबैभन्दा बढी ३१८ दशमलब शून्य २ ले बढेको छ। बैंकिङ समूह २४ दशमलव ९२, होटल ६३ दशमलव ९२, विकास बैंक २८ दशमलव ६४, जलविद्युत् २६ दशमलव १६, वित्त चार दशमलव ९३, अन्य समूह १७ दशमलव २९ लघुवित्त समूह ६३ दशमलब ७५ र जीवन बीमा समूह २४७ दशमलव ३३ ले बढेको छ।
आइतबार सनराइज बैंकको संस्थापक शेयर सबैभन्दा धेरै ८ करोड १७ लाख ४८ हजार रुपियाँमा खरिद बिक्री भएको छ। एनएमबि बैंकको एक लाख ८३ हजार ६७५ कित्ता ७ करोड १३ लाख रुपियाँमा किनबेच भएको छ। नेपाल बैंक एक लाख ५६ हजार ३३५ कित्ता शेयर ४ करोड ८३ लाख रुपियाँमा र प्रभु बैंकको एक लाख ६९ हजार ४४५ कित्ता शेयर ४ करोड २८ लाख रुपियाँमा कारोबार भएको छ।
यसैगरी आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, कालिका लघुवित्त वित्तीय संस्था, गुराँस लाइफ इन्स्योरेन्स, ओम्नी माइक्रो फाइनान्स, एनएमबी माइक्रो फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स र ग्लोबल आइएमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन्।
यस्तै कैलाश विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, रैराङ हाइड्रोपावर डेभलेपमन्ट कम्पनी, सप्तकोशी विकास बैंक, हिमालयन डिस्टिलरी, बरुण हाइड्रोपावर र कन्काई विकास बैंकका शेयरधनीले भने गुमाएका छन्।यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव ३१ बिन्दूले वृद्धि भई २५५ दशमलव ३८ पुगेको छ।











प्रतिक्रिया