काठमाडौं, (नेस)
राष्ट्रिय बीमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच कोषका सञ्चयकर्ताहरूको औषधोपचार तथा घातक रोगको उपचारको लागि उक्त कम्पनीबाट बीमा लेख जारी भइसकेको सन्दर्भमा सो बीमाको पुनर्बीमा समेत गर्नुपर्ने भएकाले सो कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबीचआज पुनर्बीमा सम्झौता भएको छ। सम्झौतापश्चात कम्पनीले जारी गरेको कर्मचारी सञ्चयकोषका ६ लाख सञ्चयकर्ताहरूको वार्षिक १ लाख रुपियाँसम्मको औषधोपचार र १० लाख रुपियाँसम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा व्यवस्था स्वदेशमा नै भएको छ। राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।











प्रतिक्रिया