काठमाडौं, (नेस)
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोर प्रालिबीच व्यापारिक सहकार्य हुने भएको छ। अब स्ट्यान्डर्ड चार्टर्ड बैंकले भाटभटेनी सुपर मार्केटसँग मिलेर लाभ नामक एक सह¬–ब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्नेछ, जसबाट उक्त सह–ब्राण्डको क्रेडिट कार्डबाहकले सबै भाटभटेनी सुपर मार्केटमा सामान खरिद गर्दा नगद फिर्ता तथा छुट अफर प्राप्त गर्नेछन्।
स्ट्यान्डर्ड चार्टर्ड लाभ क्रेडिट कार्ड धनीले भाटभटेनीमा पहिलोपटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता पाउनेछन्। यसका अतिरिक्त, सह–ब्राण्डको कार्डबाहकहरूले भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा पहिलो ३ महिनाको लागि तत्काल १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यो सह–ब्राण्डको कार्ड योग्य ग्राहकलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा निःशुल्क उपलब्ध गराइनेछ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले यस अवसरमा भन्नुभयो–‘भाटभटेनी सुपरमार्केटसँग यसप्रकारको साझेदारीको घोषणा गर्न पाएकोमा स्ट्यान्डर्ड चार्टर्ड गौरव गर्दछ। यो साझेदारीले दुई संस्थाबीच समन्वय सिर्जना गर्न मद्दत पुगेको छ।
’ सोही अवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले भन्नुभयो–‘स्ट्यान्डर्ड चार्टर्ड बैंक जस्तो अन्तर्राष्ट्रिय बैंकसँग साझेदार गर्न पाउनु र धेरै समयदेखि प्रतिक्षा गरिरहेको यो साझेदारीको आरम्भ हुनु हाम्रो लागिअत्यन्तगौरवको विषय हो।’











प्रतिक्रिया