दार्चुला, (नेस)
दार्चुलाको महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन माविमा आइतबारबाट ई–हाजिरी शुरू भएको छ। महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रूपमा विकास गर्ने योजनाअनुसार विद्यालयलाई ई–हाजिरी सहयोग गरिएको नगर प्रमुख हंसराज भट्टले बताए। महाकाली नगरपालिकामै पहिलो पटक मालिकार्जुन मावि धापमा ई–हाजिरी सेवा शुरू गरिएको उनले बताए।
विद्यालयका शिक्षकलाई समयको पालना गराउन तथा आफ्नो जिम्मेवारीप्रति थप जिम्मेवार र उनीहरूको उपस्थितिलाई पारदर्शी बनाउन विद्यालयलाई ई– हाजिरी सहयोग गरिएको उनले बताए। ई–हाजिरी विद्यालयका प्रधानाध्यापक सुन्द्रसिंह बुढाथोकीलाई नगरप्रमुख हंसराज भट्टले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन्।











प्रतिक्रिया