धनवीर दाहाल, रुकुम
बन्दुकधारीले गोली चलाउंदा घाइते भई उपचारार्थ अमेरिका टेक्सासको ब्रायन निवासी बिनोद जेठारालाई अस्पतालमै पुगेर पुर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले भेट्नुभएको छ । नेपालको कञ्चनपुर पुर्नवास धनगढी घर भई करिब एक बर्ष ब्रायन स्थित एप्पल स्टप नामक ग्यास स्टेशनमा काम गर्दै आएका ३१ बर्षिय बिनोद जेठारा बन्दुकधारीको गोली प्रहारबाट गम्भिर घाइते भएका थिए ।
स्टोर खोल्न गएका जेठारालाई ग्राहक बनेर आएको अश्वेत बन्दुकधारीले एक्कासी गोली प्रहार गरेको थियो । मुटुमा गोली लागेर गम्भिर घाइते जेठाराको ब्रायन स्थित सेन्ट जोसेफ हस्पिटलमा उपचार भइरहेको छ । घाइते जेठारालाई पुर्वमन्त्री शर्माले अस्पतालमै गइ भेट गरेको अमेरिकाबाट गोर्खबहादुर कुसारीले नेपालसमाचार पत्रलाई जानकारी दिनुभएको छ । यसै गरी प्रभाकरले अमेरिकामा रहेका रुकुमेलीहरुसँग भेग गरी परामर्श गर्नुभएको छ ।











प्रतिक्रिया