उपसभामुखको सरुवा –बढुवा आतंक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौ ।
सघीय ससदमा उपसभामुख डा.शिवमाया तुम्वाहाङफेको निर्देशनमा राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेरको आतंक मच्चिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सचिव राजेन्द्र फुँयालको डिजायनमा उपसभामुख ठाडो हस्तक्षेप र निर्देशनमा राजनीतिक आस्थाका आधारमा भटाभट कर्मचारी सरुवा भएको एक पीडित कर्मचारी बताउँछन् ।

संसद कर्मचारी व्यवस्थापन ऐनले राजनीतिक नेतृत्वलाई कर्मचारी सरुवाको कुनै अधिकार नदिएको भएपनि कानूनको ठाडो उल्लघन र बर्खिलाप गरी हस्तक्षेपकारी ढंगबाट कर्मचारीको सरुवा भएको छ– सघीय संसदका एक अधिकृतले न्युजअफ नेपाललाई बताए ।

मुलुकको संविधान र कानुन बनाउने जिम्मेवारी पाएको सघीय संसदको राजनीतिक नेतृत्वबाट कर्मचारी सरुवा र व्यवस्थापनमा हस्तक्षेपकारी यस खाले गतिविधिले लोकतन्त्रलाई कसरी स्थायित्व प्रदान गर्ला भन्ने चोटिलो प्रश्न उठेको छ ।

राजनीति मात्र बुझेको पढाई लेखाई भएको व्यक्तिबाट यसखाले हर्कत हुनुलाई स्वाभाविक ढंगले लिन सकिएपनि नामको अगाडि डाक्टर लेखिएको व्यक्तिबाटै हुने यस खाले रवैयाको जति निन्दा गरेपनि अपुग हुने संसद सेवाका कर्मचारीको बुझाई रहेको छ ।

उनले यो बीचमा एमालेका कार्यकर्ता भनेर परिचित अधिराज राईलाई कर्मचारी प्रशासन, गौविन्द गौतमलाई स्टोर, डिल्लीराज रिजाललाई आन्तरिक, कान्छा दुलाललाई सवारी शाखाको जिम्मेवारी सुम्पिएकी छिन । उपसभामुखकै ठाडो निर्देशनमा उनीरुले ती शाखाको जिम्मेवारी हत्याएका हुन । शिवमायाको सघीय संसदमा भएको प्रवेशसगै सघीय ससदका महासचिव र सचिवहरुले माथिल्लो तहको कर्मचारी त परै जाओस कार्यालय सहयोगी समेतको हेरफेर गर्ने अधिकार कटौती भएको छ ।

संसदका माथिल्लो तहको कर्मचारी तन्त्र अहिले निरिह जस्तै बन्न बाध्य भएको छ । यो र यस्ता खाले प्रबुत्तिले राजनीतिक नेतृत्व र संसदको गरिमालाई बढाउला त भन्ने गहिरो प्रश्न खडा भएको छ ।

२०४८ सालमा नेपाली काङग्रेसको सरकारले कर्मचारीमाथि आतंक मच्चाएको परिणाम भोगी रहेको बेला नेकपाका कार्यकर्ताको कदमबाट पार्टीले त्यही दुर्गति त भोग्नु पर्ने होइन भन्ने उदाहरण प्रस्तुत गर्न थालिएको छ ।