काठमाडौं ।
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाई भूकम्पले धक्का दिएको छ । आइतबार बिहान ५ बजेर ६ मिनेटमा काठमाडौं आसपासका क्षेत्रमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ४.७ रेक्टर स्केलको भूकम्प गएको मापन गरेको छ । झण्डै दुई महिनापछि भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि कार्तिक ८ गते दोलखा र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।











प्रतिक्रिया