रुकुमको कुनाखेतमा आज ठुलो मेला

94
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका २ कुनाखेतमा परम्परा देखि लाग्दै आएको मेलाको अन्तिम दिन आज ठुला मेला लाग्दै छ ।

हरेक बर्ष मंसिरे पूर्णिमा भोलिपल्ट लाग्दै आएको मेला यो बर्ष मंसिरे पूर्णिमाको भोलीपल्ट अर्थात आज मेला लाग्ने गर्दछ । आज मेलाको मख्य दिन जिपु, पालाकोट, स्यालापाखा लगायत ठाउँबाट बाजागाजा सहित मेला पस्ने गरिन्छ । स्थानीय लठ्ठि, भाटा, झयाम्टासंगै मेला पस्ने र मेलामा स्थानीय सिङगारु, पैसेरु, गरुवानाच देखाउने गर्दछन् । बाँफिकोट गाउँपालिकाका सबै वडा, सिस्ने गाउँपालिका, मुसिकोट नगरपालिका लगायत जिल्लाका बिभिन्न ठाउँबाट ठुलो संख्यामा मेला हर्न मान्छेहरु पुग्ने गर्दछन् ।

मेलामा रमाउने काठको रोटेपिङ खेल्ने तथा सुन्तला र बदाम खाने प्रचलन पनि रहि आएको छ । कुनाखेत मेलामा छुट्टै पहिचान बोकेका भेषभुषा तथा छुट्टै संकृति बोकेका नाच गान सुन्न तथा हेर्न पाईन्छ । मेलामा लोप हुन लागेको मौलिक नाच हुर्न तथा गितहरु सुन्न पाईन्छ । साथै मेलाको अवसमा कुनाखेतमा ५ गते देखि खुल्ला वडा स्थरिय भलिबल प्रतियोगिता संचालन भैरहेको छ । १८ समुहले भाग लिएको भलिवल प्रतियोगिताको पहिलो चरणको खेल सकिएको र आज भलिवल सकिने मेला व्यवस्थापन समितिले बताएको छ । यो रुकुम पश्चिमा लाग्ने मेलाहरुमा ठुलो मेलाको रुपले चिनिन्छ ।